57
काठमाडौं । मोरङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित तोरीबारी जंगलको सडकमा मंगलबार राति भएको दुर्घटनामा ३२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को.१५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय लिम्बुको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।