विवादमा परेपछि कोशी लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

27 October, 2026 61 Views
विवादमा परेपछि कोशी लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा
61

काठमाडौं । पदको दुरुपयोग गरेको आरोप र विभिन्न निर्णयमाथि विवाद चर्किएपछि कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् ।

गुरागाईंले कात्तिक १६ गतेदेखि लागू हुने गरी मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार उनको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको छ ।

अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको तथा अदालतको आदेशविपरीत कर्मचारी बढुवाका लागि सिफारिस गरेको विषयलाई लिएर विवादमा तानिएका थिए ।

आयोगको निष्पक्षता र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै विरोध हुन थालेपछि उनीमाथि दबाब बढेको थियो । विवादका बीच उनले पदबाट राजीनामा दिएका हुन् ।

यद्यपि, उनीमाथि लागेका आरोप र विवादित निर्णयसम्बन्धी विषयमा सम्बन्धित निकायको आधिकारिक निष्कर्षबारे थप विवरण प्राप्त भएको छैन ।

Related Post