130
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी चीन भ्रमण सकेर स्वदेश फर्किएकी छन् । चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर भण्डारी आज नेपाल फर्किएकी हुन् । उनी सम्मेलनमा सहभागी हुन गत बिहीबार चीन गएकी थिइन् ।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषय रहेको उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो । भण्डारी स्वदेश फर्किँदा उनको स्वागतका लागि एमाले नेताहरू छविलाल विश्वकर्मा, डा. भीष्म अधिकारी, कर्ण थापालगायत विमानस्थल पुगेका थिए ।