80
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। बुधबार सुनको भाउ प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी १० रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९८० रुपैयाँ कायम भएको छ।
यसअघि मङ्गलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ३ हजार ९७० रुपैयाँ रहेको थियो।