एनपीएल विजेतालाई डेढ करोड, उपविजेताले ८० लाख पाउने

25 October, 2026 63 Views
एनपीएल विजेतालाई डेढ करोड, उपविजेताले ८० लाख पाउने
63

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। प्रतियोगिताको उपविजेताले ८० लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि सार्वजनिक गरेका हुन्।

एनपीएल भोलिदेखि सुरु हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

Related Post