विद्यार्थी राजनीतिदेखि कांग्रेसको केन्द्रीय समितिसम्म आदर्श मल्लको यात्रा

25 October, 2026 59 Views
विद्यार्थी राजनीतिदेखि कांग्रेसको केन्द्रीय समितिसम्म आदर्श मल्लको यात्रा
59

 

१७ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय आदर्श मल्ल नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएका छन्। सुदूरपश्चिमलाई आफ्नो राजनीतिक पहिचान बनाउँदै अघि बढेका मल्लले अब पार्टीमा युवा पुस्ताका आकांक्षा र समसामयिक मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्।

आगामी निर्वाचनमा कम्तीमा ५० प्रतिशत युवा तथा महिलाको सहभागिता र नेतृत्व सुनिश्चित गर्ने उनको संकल्प छ। पार्टीको नेतृत्व तहमा युवा तथा महिलाको प्रतिनिधित्व बढाउँदै राजनीतिमा नयाँ पुस्ताको भूमिका सशक्त बनाउने लक्ष्यसहित मल्ल अघि बढ्न खोजिरहेका छन्।

Related Post