काठमाडौं । दसैँपछिको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ रहेको थियो। दसैँपछि कारोबार खुलेसँगै सुनको मूल्य घटेर प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको हो।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको छ। दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ। दसैँअघि प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ५५८ रुपैयाँ थियो।
दसैँपछिको पहिलो कारोबारमै सुनचाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा सुनचाँदीको कारोबारमा यसको प्रभाव पर्ने देखिएको छ।