कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

25 October, 2026 52 Views
कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
52

 

काठमाडौं । कात्तिक ११ गतेदेखि १५ गतेसम्म विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्भावित वर्षालाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। वर्षाका कारण सडक यात्रा प्रभावित हुन सक्ने तथा पहाडी क्षेत्रमा यात्रा जोखिमपूर्ण बन्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सचेत रहन आग्रह गरिएको हो।

त्यस्तै, किसानहरूलाई तत्काल बाली नकाट्न र हिमाली तथा पहाडी क्षेत्रमा पदयात्राको योजना नबनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। मौसममा हुन सक्ने परिवर्तनलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट बच्नसमेत आग्रह गरिएको छ।

वर्षाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर मात्र यात्रा तथा अन्य गतिविधिको योजना बनाउन अनुरोध गरिएको छ।

Related Post