58
काठमाडौं । रङरोगनपछि काठमाडौंको कलंकीस्थित अन्डरपास चिटिक्क देखिएको छ। रङरोगन गरिएसँगै अन्डरपासको रूप फेरिएको छ भने यसको संरचना थप आकर्षक देखिएको छ।
व्यस्त सवारी आवागमन हुने कलंकी क्षेत्रमा रहेको अन्डरपासलाई रङरोगन गरेर सफा र व्यवस्थित बनाइएको हो। रङरोगनपछि अन्डरपासको भित्री भागले नयाँ स्वरूप पाएको छ।
काठमाडौंको प्रमुख चोकमध्ये एक कलंकीमा रहेको अन्डरपासले सवारी आवागमन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। रङरोगनपछि यसको बदलिएको रूपले सहरी पूर्वाधारको सौन्दर्यमा समेत थप आकर्षण ल्याएको देखिन्छ।