गगन थापाको शपथ ग्रहण शनिबार दिउँसो २ बजे

16 October, 2026 85 Views
गगन थापाको शपथ ग्रहण शनिबार दिउँसो २ बजे
85

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम भोलि शनिबार हुने भएको छ। थापाले शनिबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ लिने कार्यक्रम तय भएको हो।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथ ग्रहणका लागि पार्टीले समय निर्धारण गरेको हो। महाधिवेशनअन्तर्गतको मतगणना सम्पन्न भएसँगै शपथ ग्रहण कार्यक्रम तय गरिएको जनाइएको छ।

अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण भने दसैँपछि गराउने कांग्रेसको तयारी छ।

Related Post