78
काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ र चाँदी ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।