प्रहरी स्थापना दिवसमा एसपी जिसीलाई २५ हजार नगदसहित सम्मान

16 October, 2026 52 Views
प्रहरी स्थापना दिवसमा एसपी जिसीलाई २५ हजार नगदसहित सम्मान
52

काठमाडौँ । नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

स्थापना दिवसको अवसरमा बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीलाई जोखिमपूर्ण तथा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ।

गृहमन्त्री गुरुङले एसपी जिसीलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। नेपाल प्रहरीमा प्रदान गरिने यस पुरस्कारसँगै २५ हजार रुपैयाँ नगदसमेत प्रदान गरिन्छ।

 

Related Post