53
काठमाडौं । दसैंको आठ दिनमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा २७ लाख ९४ हजार किलोभन्दा बढी कृषि उपज तथा माछा भित्रिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कात्तिक १ देखि ८ गतेसम्म सबैभन्दा बढी २१ लाख ९१ हजार किलो हरियो तरकारी भित्रिएको छ। यस अवधिमा ३ लाख ८३ हजार किलो फलफूल, १ लाख ११ हजार किलो मसलाजन्य वस्तु र ८८ हजार किलो माछा बजार आएको छ।
आठ दिनमध्ये शनिबार सबैभन्दा बढी ६ लाख ११ हजार किलो वस्तु भित्रिएको थियो भने आज आपूर्ति घटेर १ लाख ३९ हजार किलोमा सीमित भएको छ।
दसैं मनाउन उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिए पनि कालीमाटी बजारमा कृषि उपजको आपूर्ति नियमित रहेको थियो। उपत्यकाबाहिर गएका सर्वसाधारण फर्किन थालेसँगै काठमाडौंमा चहलपहल बढ्न थालेको छ।
शीर्षकलाई अझ आकर्षक बनाऊसमाचारको भाषा अझ प्रवाहपूर्ण बनाऊ