हेटौंडामा कारसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, चालक घाइते

25 October, 2026 66 Views
हेटौंडामा कारसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, चालक घाइते
66

 

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

दुर्घटनामा हेटौंडा–१३ वनस्पतिका २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकाश थापाको हेटौंडा अस्पतालमा उपचार गरिएको थियो ।

प्रहरीका अनुसार हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा.७५ प ६२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारमा ठोक्किएको थियो ।

कार चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय शिवप्रसाद खतिवडासहित कार चालक र मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post