69
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक खेलका उत्कृष्ट प्रदर्शनकर्तालाई एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम सिल्भर बल’ प्रदान गर्ने भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लाले यस सम्मानको पहिलो पुरस्कार प्राप्त गरेका छन्।
एक्स्ट्रिम इनर्जी ड्रिंकले एनपीएलका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्ने उद्देश्यसहित यो पहल अघि बढाएको हो।