टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ, पोखराले पहिले ब्याटिङ गर्ने

28 October, 2026 53 Views
टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ, पोखराले पहिले ब्याटिङ गर्ने
53

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन् । अब पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्नेछ ।

सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो । आजको खेलबाट टोली प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

पोखरा एभेन्जर्सका लागि भने यो सिजनको पहिलो खेल हो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा सुखद सुरुवात गर्ने योजनामा मैदान उत्रिएको छ ।

Related Post