ग्रेसी होलिडेजबाट ४९,५०० मै थाईल्याण्ड घुम्ने आकर्षक अफर

04 November, 2025 486 Views
ग्रेसी होलिडेजबाट ४९,५०० मै थाईल्याण्ड घुम्ने आकर्षक अफर
486

कात्तिक, काठमाडौं । नेपाली पर्यटकहरूका लागि सस्तो मूल्यमा अन्तर्राष्ट्रिय भ्रमणको अवसर उपलब्ध गराउँदै ग्रेसी होलिडेजले थाईल्याण्डका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले आगामी २०२६ जनवरीदेखि लागू हुने ४ रात ५ दिनको थाईल्याण्ड टुर प्याकेज मात्र रु. ४९,५०० मा उपलब्ध गराउने घोषणा गरेको हो।

कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौं–ब्यांकक्–काठमाडौं राउण्ड ट्रिप हवाई टिकट, एयरपोर्ट पिकअप तथा ड्रप सेवा, थाईल्याण्डको भिसा, साथै तीन तारे होटलमा ४ रात बसोबास र हरेक बिहानको खाजा (ब्रेकफास्ट) समावेश गरिएको छ।

भ्रमणका क्रममा पर्यटकहरूले पत्तायाको प्रसिद्ध कोरल आइल्याण्ड टुर र ब्यांककका विभिन्न रमणीय स्थलहरूको भ्रमण समेत गर्न पाउनेछन्।

 

ग्रेसी होलिडेजले जानकारी दिँदै यो अफर २०२६ जनवरीदेखि लागू हुने र सीमित सिटका लागि मात्र उपलब्ध हुने जनाएको छ। कम्पनीले  घुम्न चाहने सम्पुर्ण नेपाली यात्रुहरूलाई आकर्षक दरमा थाईल्याण्डको सौन्दर्य, समुद्र किनार र सांस्कृतिक विविधता नजिकबाट अनुभव गराउने उद्देश्यले उक्त प्याकेज ल्याएको बताएको छ।

 

Related Post