एन्फाको ताला खोल्दै बहुमत सदस्य, कात्तिक १३ मा कार्यसमिति बैठक बोलाइयो

28 October, 2026 58 Views
एन्फाको ताला खोल्दै बहुमत सदस्य, कात्तिक १३ मा कार्यसमिति बैठक बोलाइयो
58

काठमाडौं– लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयको ताला वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरूले खोलेका छन्।

एन्फाको गतिरोध अन्त्य गरी नेपाली फुटबललाई निकास दिने उद्देश्यले ताला खोलिएको खड्काले बताए। उनका अनुसार आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बस्नेछ।

बैठकमा फिफाको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत निर्वाचनमा देखिएको अवरोध हटाउने विषयमा छलफल हुनेछ। खड्काले अध्यक्ष, महासचिवसहित सबै कार्यसमिति सदस्यलाई बैठकमा उपस्थित भई निकास खोज्न आग्रह गरेका छन्।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबलका गतिविधि प्रभावित हुँदै आएका छन्।

Related Post