काठमाडौं जेसीजमा नयाँ नेतृत्व, विकास श्रेष्ठ ५६औं अध्यक्षमा निर्वाचित

07 December, 2025 403 Views
काठमाडौं जेसीजमा नयाँ नेतृत्व, विकास श्रेष्ठ ५६औं अध्यक्षमा निर्वाचित
403

काठमाडौं । काठमाडौं जेसीजले सन् २०२६ को कार्यकालका लागि नयाँ बोर्ड सदस्यहरू निर्वाचित गरेको छ। संस्थाले विज्ञप्ति जारी गर्दै नवनिर्वाचित सम्पूर्ण बोर्ड सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। ५६औं अध्यक्षको जिम्मेवारी जेसी विकास श्रेष्ठ (मिलन)ले सम्हाल्ने भएका छन्।

विज्ञप्तिमा भनिएको छ, “नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूको कार्यकाल सफल, प्रभावकारी र परिणाममुखी बनोस् भन्ने हाम्रो कामना छ। नयाँ नेतृत्वले युवा सशक्तीकरण, क्षमता विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।”

कार्यसमितिमा चयन हुने प्रमुख पदाधिकारीहरूमा अध्यक्षस् जेसी विकास श्रेष्ठ (मिलन) कार्यकारी उपाध्यक्षस् जेसी नर आदित्य राई, जेसी सिद्धान्त गौली, जेसी नबराज भण्डारी, जेसी गरिमा लिम्बु र उपाध्यक्षमा  जेसी गरिमा लिम्बु, जेसी बिशाल परियार, जेसी निर्मल खड्का, जेसी प्रिन्स सुवेदी छन् । त्यसैगरी

नवनिर्वाचित बोर्डमा अध्यक्षमा जेसी विकास श्रेष्ठ (मिलन) कार्यकारी उपाध्यक्षमा जेसी नर आदित्य राई,जेसी सिद्धान्त गौली, जेसी नबराज भण्डारी त्यस्तै उपाध्यक्षमा जेसीगरिमा लिम्बु, जेसीबिशाल परियार, जेसी निर्मल खड्का, प्रिन्स सुवेदी रहेका छन् ।

संस्थाले विश्वास व्यक्त गरेको छ कि नयाँ बोर्डको नेतृत्वमा काठमाडौं जेसीजले आफ्नो गौरव उच्च राख्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउनेछ। नयाँ नेतृत्वले सहकार्य, पारदर्शिता र सक्रियताका साथ संस्था अझ सशक्त र प्रभावशाली बन्ने प्रतिबद्धता जनाएको छ।

Related Post