नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुन्छ : सञ्चारमन्त्री खरेल

नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुन्छ : सञ्चारमन्त्री खरेल
76

मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले राजनीतिमा युवाहरूको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए । उनले राजनीतिलाई नीतिहरूको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरूको उपस्थिति अनिवार्य रहेको बताए । राजनीतिक दलहरूलाई युवाहरूलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभई सुख नरहेको जिकिर गरे ।

 

Related Post