56
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटका क्रममा नेपाल र फ्रान्सबीच आपसी हित तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई पक्षबीच हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यमार्फत नेपाल–फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विचारविमर्श भएको थियो ।