बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

12 November, 2025 135 Views
बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज
135

कात्तिक, काठमाडौं ।  बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र हाल मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भई घरमै स्वास्थ्यलाभ गरिरहेका छन्। केही दिनअघि सास फेर्न गाह्रो भएपछि उनलाई शुक्रबार १४ गते अस्पताल भर्ना गरिएको थियो।

उनको स्वास्थ्यबारे विभिन्न हल्ला र निधनका झुटा समाचारहरू सामाजिक सञ्जालमा फैलिएपछि परिवारले एक आधिकारिक वक्तव्य जारी गर्दै धर्मेन्द्रको अवस्था स्थिर रहेको र उनी घरमै आराम गरिरहेको जानकारी दिएको छ। वक्तव्यमा परिवारले सबैलाई गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ।

भारतीय मिडिया अनुसार ,अस्पतालका वरिष्ठ चिकित्सक डा। प्रतीत सामदानीका अनुसार धर्मेन्द्रलाई बिहान  डिस्चार्ज गरिएको हो, र अब उनको उपचार घरमै निरन्तर जारी रहनेछ।

यसअघि धर्मेन्द्रकी पत्नी हेमा मालिनी र छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत सबै भ्रामक समाचारहरूको खण्डन गर्दै धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएको र चिन्ता गर्नुपर्ने अवस्था नभएको बताएका थिए।

८० दशकदेखि बलिउडमा सक्रिय धर्मेन्द्रलाई दर्शकहरूले अझै पनि ‘हीम्यान अफ बलिउड’ भनेर चिन्ने गर्छन्। अहिले उनी परिवारसँग घरमै विश्राम लिँदै स्वास्थ्य सुधारतर्फ अग्रसर छन्।

Related Post