57
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज एकैदिन २ हजार २ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । शुक्रबार २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि २ महिनाअघि सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज उक्त रेकर्ड तोडेर हालसम्मकै उच्च भएको हो । त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीक आज ८० रुपैयाँले घटेर एक तोला चाँदीको मोल तीन हजार ८२५ निर्धारण भएको छ ।