बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

14 June, 2026 67 Views
बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
67

जेठ, काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणको सिलसिलामा आज बेइजिङ पुगेका छन् । उनलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा गएका हुन् । उनी आजैदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुनेछन् । उनको आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तर्क्रिया छ ।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यी र चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Related Post