कात्तिक,काठमाडौं । अन्तर्राष्ट्रिय भ्रमणमा रुची भएको ब्यक्तिहरुका लागि सिम्रिक होलिडेजले विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले थाईल्याण्ड, सिंगापुर र मलेसिया गरी तीन देश घुम्न सकिने आकर्षक प्याकेज केवल रु १,२४,५०० मा उपलब्ध गराएको हो।
एयर टिकटदेखि होटलसम्म सबै सुविधा समावेश
सिम्रिक होलिडेजका अनुसार यो अफरअन्तर्गत आउँदा–जाँदा एयर टिकट, हरेक बिहानको खाजा (ब्रेकफास्ट), र तिन तारे होटलमा बसोबास सुविधा समावेश छ। यात्राको क्रममा सहभागीहरूले थाईल्याण्डको पत्ताया र बैंककमा ४ रात, सिंगापुरमा २ दिन, र मलेसियामा ३ दिन बिताउने अवसर पाउनेछन्।
भ्रमणका क्रममा पर्यटकहरूले ती देशका रमणीय समुद्र तट, आधुनिक सहरहरू, सांस्कृतिक धरोहरहरू र शपिङ स्पटहरू अवलोकन गर्ने मौका पाउने कम्पनीले जनाएको छ।
तीन देश एकै यात्रामा, सस्तो दरमा अन्तर्राष्ट्रिय अनुभव
सिम्रिक होलिडेजको अनुसार, “यो प्याकेजले ट्राभल प्रेमीहरूलाई सस्तो मूल्यमा तीन देश भ्रमणको अनुभव दिलाउनेछ। यात्रुहरूलाई सहज, सुरक्षित र रमाइलो यात्रा गराउने हाम्रो उद्देश्य हो।” कम्पनीले यो अफरलाई सीमित समयका लागि मात्र सञ्चालनमा ल्याएको छ र इच्छुकहरूले बुकिङ गर्न सक्ने जनाएको छ।