दसैँको उमङ्गमा यामाहाको ‘चङ्गा चेट’ राइड, चार रुटमा ९५ राइडरको यात्रा

15 October, 2026 211 Views
दसैँको उमङ्गमा यामाहाको ‘चङ्गा चेट’ राइड, चार रुटमा ९५ राइडरको यात्रा
211

काठमाडौँ । दसैँको उमङ्गलाई सडक यात्रामार्फत साटासाट गर्ने उद्देश्यसहित यामाहा नेपालको राइडिङ कम्युनिटी ‘यामाहा ब्लु स्ट्रिक्स’ले ‘चङ्गा चेट’ फेस्टिभ राइड आयोजना गरेको छ। अक्टोबर ११, २०२६ मा आयोजित राइडमा देशका विभिन्न चार रुटबाट ९५ जना राइडर सहभागी भएका छन्।

राइडअन्तर्गत धरानदेखि भेडेटार फार्म भिलेजसम्म २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौँदेखि बूढानीलकण्ठसम्म ३० जना राइडर सहभागी भएका थिए।

कम्पनीका अनुसार कार्यक्रमले दसैँको खुसी साटासाट गर्नुका साथै राइडरहरूबीच आपसी सम्बन्ध विस्तार र स्थानीय समुदायसँगको सहकार्यलाई प्रोत्साहन गरेको छ। सामूहिक यात्रा, नयाँ गन्तव्यको अवलोकन र चाडपर्वको उत्सवलाई यात्रासँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले विभिन्न रुटमा सामूहिक राइडमार्फत दसैँको खुसी र एकताको भावना फैलाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।

यामाहा ब्लु स्ट्रिक्सले यस्ता कार्यक्रममार्फत राइडिङप्रेमीहरूलाई एउटै प्लेटफर्ममा जोड्दै ग्राहकसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

Related Post