68
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको विवाह आगामी मंसिर १७ गते हुने भएको छ । पारिवारिक स्रोतका अनुसार उनको गृहजिल्ला गोरखामा विवाह समारोह आयोजना गरिनेछ ।
गुरुङले कानुनी विवाह यसअघि नै गरिसकेको भए पनि सांस्कृतिक परम्पराअनुसार विवाह गर्न लागेका हुन् । आज काठमाडौंमा उनको इन्गेजमेन्ट कार्यक्रम भइरहेको स्रोतले जनाएको छ ।
इन्गेजमेन्टमा दुवै पक्षका परिवारका सदस्य मात्रै सहभागी छन् । विवाह समारोह भने धुमधामका साथ गर्ने तयारी रहेको बताइएको छ ।
कानुनी विवाहपछि गुरुङकी पत्नी अमेरिका गएकी थिइन् । उनी केही समयअघि नेपाल फर्किएकी हुन् ।