जिल्ला प्रशासन कार्यालयमै सेवाग्राहीलाई हैरानी ! बिचौलियाको आरोपमा ७ जना प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालयमै सेवाग्राहीलाई हैरानी ! बिचौलियाको आरोपमा ७ जना प्रहरी नियन्त्रणमा
34

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको जनगुनासोपछि प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार दिउँसो करिब २ः३० बजे जिल्ला प्रशासन कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा कमल खड्का, गोपालबहादुर बिष्ट, देवप्रसाद अर्याल, नरेन्द्रप्रसाद भण्डारी, ओमशरण रानामगर, रमेशप्रसाद पुडासैनी र स्वयम् कृष्ण निरौला रहेका छन् ।

उनीहरूमाथि सेवाग्राहीलाई दुःख हैरानी दिने गरेको जनगुनासोका आधारमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Related Post