कोलकत्ताबाट पक्राउ परेका पूर्वमुख्यसचिव अर्याल काठमाडौं ल्याइए, सीआईबीबाट अदालत लगिँदै

कोलकत्ताबाट पक्राउ परेका पूर्वमुख्यसचिव अर्याल काठमाडौं ल्याइए, सीआईबीबाट अदालत लगिँदै
74

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । भारतको कोलकत्ताबाट पक्राउ परेका उनलाई केहीबेरअघि काठमाडौं ल्याइएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएको थियो । त्यसपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो ।

विमानस्थलबाट उनलाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो । अहिले उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ ।

मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।

यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।

उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Related Post