‘फेस अफ लिटिल स्टार २०८३’ को अभिमुखीकरण कार्यक्रम सम्पन्न

26 November, 2026 105 Views
‘फेस अफ लिटिल स्टार २०८३’ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
105

काठमाडौं। बालबालिकाभित्र लुकेको प्रतिभा उजागर गर्दै उनीहरूको आत्मविश्वास, व्यक्तित्व विकास तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको **‘Face of Little Star 2083 – Season 1’** को अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न भएको छ।

मंसिर ६ गते आइतबार चाबहिलस्थित विनायक सिद्ध कलेजको +2 भवनमा आयोजित उक्त कार्यक्रममा सहभागी बालबालिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसअघि सम्पन्न अडिसन प्रक्रियामा विभिन्न विद्यालयका गरी कुल १३० जना बालबालिकाहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा अभिभावक तथा सहभागी बालबालिकाहरूलाई कार्यक्रमको उद्देश्य, सञ्चालन प्रक्रिया, प्रशिक्षण तथा ग्रान्ड फिनालेसम्मका गतिविधिबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूले थप आकर्षण थपेका थिए। ‘होस्टेल ३’ का ‘प्रेम गीत’ का गायक युकेश रावल तथा हालै सार्वजनिक म्युजिक भिडियोमा आफ्नो स्वर दिएका गायक सुशन सुन्दासले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए। त्यसैगरी, रोशनी तामाङले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्। उक्त सांगीतिक प्रस्तुति तथा म्युजिक भिडियोका गीतहरूको शब्दरचना (Lyrics) कार्यक्रमका म्युजिक डिभिजन डाइरेक्टर महेश ज्ञवालीले गरेका थिए।

Sunaulo Sansar Management Pvt. Ltd. द्वारा आयोजना गरिएको यस कार्यक्रमले बालबालिकाको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूमा आत्मविश्वास, सञ्चार क्षमता, नेतृत्व क्षमता, अनुशासन तथा व्यक्तित्व विकास गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमअन्तर्गत सहभागी बालबालिकाहरूलाई डान्स, गायन, अभिनय, व्यक्तित्व विकास, सञ्चार सीप, स्टेज कन्फिडेन्स, फेसन तथा ग्रुमिङलगायतका विभिन्न विधामा प्रशिक्षण प्रदान गरिनेछ।

आयोजकका अनुसार यस कार्यक्रममार्फत बालबालिकाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

**Face of Little Star 2083 – Season 1** बालबालिकाको प्रतिभा, आत्मविश्वास र सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित अघि बढिरहेको एक विशेष मञ्चका रूपमा स्थापित हुने अपेक्षा आयोजकले गरेको छ।

Related Post