मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
44

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ । मन्त्रालय स्रोतका अनुसार यस घटनाबारे थप विवरण पछि सार्वजनिक गरिनेछ ।

यद्यपि, उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे खुलाइएको छैन ।

यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।

उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

Related Post