बालेनको भारत भ्रमणले ‘रोटी–बेटी’ सम्बन्ध थप प्रगाढ बनाउने सुजाता शाहको विश्वास

बालेनको भारत भ्रमणले ‘रोटी–बेटी’ सम्बन्ध थप प्रगाढ बनाउने सुजाता शाहको विश्वास
39
 

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहकी दिदी सुजाता शाहले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ‘रोटी–बेटी’ सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सुरु भएको रेलमार्गलाई उनले दुई देशबीचको ऐतिहासिक सम्बन्ध, सांस्कृतिक एकता र आपसी आत्मीयताको प्रतीकात्मक कदमका रूपमा व्याख्या गरेकी छन्।

नेपाल र भारतबीच धर्म, परम्परा तथा संस्कृति धेरै हदसम्म समान रहेको उल्लेख गर्दै सुजाताले दुवै देशका नेतृत्वले आपसी एकता र सद्भावको सन्देश दिएको बताएकी छन्।

उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको परम्परागत सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Related Post