49
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भएको हो।
सोमबार प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।