बालेनको भारत भ्रमणपछि चमत्कार! भारतबाट १७ डिब्बाको रेल जनकपुर आइपुग्दा स्थानीयमा उत्साह

बालेनको भारत भ्रमणपछि चमत्कार! भारतबाट १७ डिब्बाको रेल जनकपुर आइपुग्दा स्थानीयमा उत्साह
32

 प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि नेपाल–भारत रेल सम्पर्कमा नयाँ इतिहास थपिएको छ। भारतको अयोध्याबाट १७ डिब्बासहितको विशेष रेल आज बिहान जनकपुरधाम आइपुगेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा उद्घाटन गरेको अयोध्या–जनकपुर सीधा रेल सेवा सुरु भएसँगै जनकपुरमा स्थानीयवासीमा उत्साह छाएको छ। रेल हेर्न र स्वागत गर्न स्थानीयको चासो बढेको छ।

रेललाई फूलमाला, मैथिली सांस्कृतिक नृत्य र झाँकीसहित स्वागत गरिएको छ। रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुर सीधा रेलमार्गबाट जोडिनुलाई धार्मिक पर्यटनका क्षेत्रमा चमत्कारजस्तै ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

यसले नेपाल–भारतबीचको धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नियमित रेल सेवा नोभेम्बर २८ देखि सञ्चालन गर्ने तयारी छ।

Related Post