82
काठमाडौँ । संघीय संसद्का आगामी बैठकहरू सिंहदरबारस्थित नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। यसैक्रममा सोमबार सभामुख डोलप्रसाद अर्यालसहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणाधीन संसद् भवनको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा सभामुख अर्यालले भवन निर्माणको प्रगति, बाँकी काम र आवश्यक पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए।
नयाँ संसद् भवनबाट बैठक सञ्चालन गर्ने तयारीसँगै निर्माणका बाँकी काम छिटो सम्पन्न गरी भवनलाई प्रयोगयोग्य बनाउनेतर्फ संसद् सचिवालयले चासो बढाएको छ।