ग्यास सिलिन्डर साट्न कम्पनीको बार हटाउन माग, सर्वोच्चमा पुग्यो रिट

03 November, 2026 109 Views
ग्यास सिलिन्डर साट्न कम्पनीको बार हटाउन माग, सर्वोच्चमा पुग्यो रिट
109

काठमाडौं । जुनसुकै कम्पनीको खाली एलपी ग्यास सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर साट्न पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता विमल पोखरेलले ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको सास्ती अन्त्य गर्न माग गर्दै रिट दायर गरेका हुन्।

रिटमा उद्योगी तथा डिलरहरूको मिलेमतोमा ग्यासको अभाव सिर्जना गरी उपभोक्तालाई महँगोमा नयाँ सिलिन्डर किन्न बाध्य पारिएको दाबी गरिएको छ। ग्यास उद्योगमा कायम सिन्डिकेट अन्त्य गरी जुनसुकै कम्पनीको सिलिन्डर सहज रूपमा साट्न पाउने व्यवस्था लागू गर्न अन्तरिम आदेशसमेत माग गरिएको छ।

रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।

Related Post