नेपाल–जापान फेस्टिभलमा यामाहाको नयाँ एक्सएसआर १५५ सार्वजनिक, मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ

नेपाल–जापान फेस्टिभलमा यामाहाको नयाँ एक्सएसआर १५५ सार्वजनिक, मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ
39

 

काठमाडौँ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा काठमाडौँको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक रङको भेरियन्ट सार्वजनिक गरेको छ।

नेपाल र जापानबीचको सात दशक लामो मित्रता तथा यामाहाको जापानी पहिचानलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार नयाँ खरानी–हरियो मेटालिक भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको मूल्य यसअघि बजारमा उपलब्ध कालो भेरियन्टसरह नै राखिएको छ।

नयाँ रङ थपिएसँगै यामाहा एक्सएसआर १५५ अब नेपाली बजारमा पाँचवटा रङमा उपलब्ध भएको छ। ग्राहकले खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी रङमध्ये आफ्नो रोजाइअनुसार मोटरसाइकल छनोट गर्न सक्नेछन्।

कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्ध, आपसी मित्रता र सहकार्यको महत्त्वमाथि प्रकाश पारे। उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो गौरवपूर्ण यात्रालाई पनि स्मरण गरे।

Related Post