काठमाडौँ । सामाजिक सञ्जालमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित टिकटक क्रिएटर तथा समाजसेवी पारस जंग ठकुरी (कूल बोय) ले लोकप्रियतालाई सामाजिक सेवासँग जोड्दै मानवीय उदाहरण प्रस्तुत गरेका छन् । उनले विष्णु बहिनीको उपचारका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै अस्पतालमै पुगेर उनको अवस्थाबारे जानकारी लिएका छन् ।
ठकुरीले विष्णुसँग भेटघाट गर्नुका साथै उपचारका लागि उक्त रकम हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य समस्यासँग जुधिरहेकी विष्णुको उपचारमा प्राप्त यो सहयोगले आर्थिक भार कम गर्नका साथै कठिन परिस्थितिमा थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ ।
कूल बोयले व्यक्तिगत रूपमा अस्पतालमै पुगेर गरेको सहयोगप्रति विष्णुको उपचारमा संलग्न सहयोगीहरूले आभार व्यक्त गरेका छन् ।
कठिन समयमा पीडितको अवस्थालाई बुझेर गरिने सहयोग नै मानवीयताको वास्तविक परिचय हो । कूल बोयको यो पहलले सामाजिक उत्तरदायित्व र परोपकारी भावनाको महत्त्वलाई उजागर गरेको छ ।