52
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनलाई व्यवस्थित बनाउन पाँचवटा उपसमितिका संयोजक मनोनयन गरेको छ ।
महाधिवेशन मूल तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार पाँच उपसमितिका संयोजक तोकेको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिए ।
जसअनुसार प्रचारप्रसार समितिको संयोजकमा डा. प्रकाशशरण महत, अतिथि सत्कार एवं समन्वय समितिमा एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की मनोनीत भएका छन् ।
देउवा समूहले मंसिर २१ गतेदेखि काठमाडौंमा समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ ।