75
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा प्रधानमन्त्री शाहको भारतको औपचारिक भ्रमणलगायत विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै राष्ट्रपतिसँग भएको लामिछानेको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ