62
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन् । शाह र राष्ट्रपति पौडेलबीच अहिले भेटवार्ता भइरहेको बताइएको छ ।
रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेटेर फर्किएलगत्तै प्रधानमन्त्री शाह पनि शीतल निवास पुगेका हुन् ।
भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी नदिएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो । भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
यसअघि रवि लामिछानेले सरकारका कामकारबाही, संसद् अधिवेशन, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा राष्ट्रपतिसँग छलफल गरेका थिए ।