पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
32

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शुक्रबार अदालतमा उपस्थित गराइएका अर्यालमाथि थप अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको हो ।

मलेसियाको वैदेशिक रोजगारीमा बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

Related Post