काठमाडौंले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौंले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै
55

मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् । काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।  पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि (बिहीबार)खेल्नेछ ।

काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ । काठमान्डुले त्यो दबदबा कायमै राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउन चाहन्छ ।

Related Post