87
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा शतक प्रहार गरेका छन्।
ओमानस्थित ओमान क्रिकेट एकेडेमीको मिनिस्ट्री टर्फ–१ मा भइरहेको खेलमा रोहितले १२६ बलमा आफ्नो शतक पूरा गरेका हुन्। शतक प्रहार गर्ने क्रममा उनले ८ चौका र १ छक्का हिर्काएका छन्।
यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको तेस्रो शतक हो। उनले यसअघि ओडीआईमा १२ अर्धशतक पनि बनाइसकेका छन्। उनको व्यक्तिगत उच्च स्कोर १२६ रन रहेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म ४७ ओभरको खेल सकिन लाग्दा ५ विकेट गुमाएर २०५ रन बनाएको छ।