काठमाडौं । थाइल्याण्डको राजदूत र काउन्सिलरहरू मिलेर करोडौँ पैसा झ्वाम पारेपछि यतिबेला थाई एम्बेसीको कालो कर्तुत सबैको सामु सार्वजनिक भएको छ। नेपाली जनतालाई विभिन्न बहाना बनाएर ठगिरहेका र प्रत्येक दिन नयाँ नयाँ नियम ल्याएर गलत नियतले लाखौँ नेपालीलाई ठगिरहेको तथ्य बाहिरिएको छ।
विभिन्न कामका लागि थाइल्याण्ड जाने नागरिकहरूलाई हवाई टिकट काट्न लगाउने, होटलको ओरिजिनल बुकिङ माग्ने अनि अनेक बहाना बनाएर भिसा अस्वीकार गर्ने थाई दूतावासको कालो कर्तुतले गर्दा हजारौँ नेपाली पर्यटकलाई ठुलो आर्थिक क्षति पुर्याइएको छ।
थाइल्याण्ड भ्रमणका लागि भिसा आवेदन दिने नेपाली नागरिकले हवाई टिकट र होटल बुकिङमा ठूलो रकम खर्च गर्नुपर्ने, तर अन्तिममा भिसा अस्वीकृत भएपछि उक्त रकम गुमाउनुपर्ने अवस्था छ। यसले सर्वसाधारण पर्यटकलाई आर्थिक मारमा पारेको र थाई एम्बेसीले लुट धन्दा मच्चाएपछि यतिबेला एम्बेसीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
उक्त लुट धन्दामा होटल र एयरलाइन्ससँगको मिलेमतोमा नेपाली पर्यटकलाई आर्थिक रूपमा लुट्ने काम भइरहेको तथ्य बाहिरिएको छ।
भिसाका लागि १५,२० दिनअघि नै आवेदन दिएका व्यक्तिको आवेदनसमेत दुई दिनअघि लागू गरिएको नियमका आधारमा अस्वीकृत गरिएको छ। जसले गर्दा उनीहरूको लाखौँ रकम फसेको छ। साथै, पासपोर्टको फोटो स्पष्ट नभएको, नागरिकताको फोटोकपी स्पष्ट नआएको बहाना बनाउँदै भिसा अस्वीकार गरिँदा समेत पर्यटकले टिकट र होटलमा खर्च गरेको लाखौँ रकम गुमाउनुपर्ने अवस्था रहेको छ।
भिसा आवेदनको प्रक्रिया पूरा गर्न ठूलो रकम खर्च गरेपछि विभिन्न कारण देखाएर आवेदन अस्वीकार गरिने हो भने त्यसको आर्थिक जिम्मेवारी कसले लिनेरु आवेदन दिइसकेपछि नियम परिवर्तन हुँदा पुराना आवेदकलाई किन त्यसको मारमा पार्नेरु यस्ता प्रश्नको जवाफ दूतावासले दिनुपर्ने होइन ररु
यसबारे दूतावाससँग कुराकानी गर्न खोज्दा विभिन्न बहाना बनाएर स्पष्ट जवाफ नै दिई आफ्नो लुटतन्त्रलाई धाकछोप गर्न खोजेका छन्। फोन गर्दा फोन नउठाउने, फोन उठेपनि विभिन्न बहाना गर्दै पन्छिन खोज्ने१
दूतावासको कार्यशैलीका कारण नेपाली नागरिकको ठूलो रकम डुबिरहेको र यसमा होटल तथा एयरलाइन्सको भूमिकासमेत शंकास्पद छ।
नेपाली पर्यटकको पैसा जोखिममा पार्ने गरी
भिसा प्रक्रिया सञ्चालन भइरहेको हो भने त्यसलाई सामान्य प्रशासनिक विषय मानेर बेवास्ता गर्न मिल्दैन। सम्बन्धित दूतावासले भिसा अस्वीकृतिका स्पष्ट आधार, नियम परिवर्तनको प्रक्रिया र पर्यटकको आर्थिक क्षतिबारे सार्वजनिक रूपमा जवाफ दिन आवश्यक छ।