फोनपेको पहिलो अवार्ड्स आयोजना, २५ विधामा उत्कृष्ट योगदानकर्तालाई सम्मान

11 October, 2026 72 Views
फोनपेको पहिलो अवार्ड्स आयोजना, २५ विधामा उत्कृष्ट योगदानकर्तालाई सम्मान
72

 

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्ट काम, नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक ‘फोनपे अवार्ड्स २०८३’ आयोजना गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका पूर्व अर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, व्यवसायी, प्रविधि साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिसहित ४०० भन्दा बढीको सहभागिता थियो।

समारोहअघि फोनपेले डिजिटल भुक्तानीलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अटोपे, फोनपे सर्कल र टक टु पे लगायतका नयाँ सेवा सार्वजनिक गरेको छ। अटोपेले नियमित भुक्तानी स्वचालित बनाउने, फोनपे सर्कलले समूहगत खर्च व्यवस्थापन गर्ने र टक टु पेले आवाजमार्फत भुक्तानी गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, फोनपे बिजनेस एपलाई पुनः ब्रान्डिङ गर्दै ‘फोनबिज’ नामबाट सार्वजनिक गरिएको छ। यसमार्फत व्यवसायीले भुक्तानी अभिलेख, तलब तथा विक्रेता भुक्तानी, व्यावसायिक प्रतिवेदन र कर्जासम्बन्धी सेवा एउटै प्लेटफर्मबाट लिन सक्नेछन्।

कार्यक्रममा डिजिटल भुक्तानी तथा समग्र भुक्तानी प्रणालीमा योगदान पुर्‍याउने संस्था र व्यवसायलाई सात विधाअन्तर्गत २५ अवार्ड प्रदान गरिएको थियो।

Related Post