बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

11 October, 2026 117 Views
बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन
117

 

गोरखा । बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा गोरखाको उत्तरी क्षेत्रमा ठूलो क्षति भएको छ। बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका हेलिकोप्टरमार्फत ४७ जनाको उद्धार गरिएको छ भने ५ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ को भेडीगोठमा रहेका २ महिला र ३ पुरुष सम्पर्कविहीन भएका हुन्। उनीहरूको खोजी कार्य जारी छ।

बाढीले घर, पुल, विद्युत् तथा सञ्चार संरचनामा क्षति पुर्‍याएको छ। उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

Related Post