बूढीगण्डकी बाढी उद्धारमा सरकार असफल भएको ओलीको टिप्पणी

11 October, 2026 62 Views
बूढीगण्डकी बाढी उद्धारमा सरकार असफल भएको ओलीको टिप्पणी
62

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी नदीमा आएको बाढीपछिको उद्धार तथा राहत व्यवस्थापनमा सरकार चुकेको आरोप लगाएका छन्।

आइतबार पार्टीको मिसन जागरण अभियानअन्तर्गत आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै ओलीले विपद्का बेला सरकारी हेलिकोप्टरको दुरुपयोग भएको, सर्वदलीय समिति गठन नगरिएको र अन्तर्राष्ट्रिय सहयोगको समयमै सदुपयोग हुन नसकेको टिप्पणी गरे।

यसअघि भोटेकोशी र त्रिशूलीमा आएको बाढीका बेला पनि उद्धार प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता कमजोरी नदोहोर्‍याउन सरकारलाई आग्रह गरे।

ओलीले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत, पुनर्निर्माण र पुनःस्थापनामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।

Related Post