कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता, दोस्रो स्थानमा उदयशमशेर

11 October, 2026 188 Views
कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता, दोस्रो स्थानमा उदयशमशेर
188

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको महामन्त्री पदको मतगणनामा प्रदीप पौडेलले फराकिलो अग्रता कायम राखेका छन्।

३ हजार ४३५ मत गणना हुँदा पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार १५९ मत पाएका छन्।

त्यस्तै, डा. सुनिलकुमार शर्मा ९३४ मतसहित तेस्रो र अमरसिंह पुन मगर ८१९ मतसहित चौथो स्थानमा छन्। गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन्।

खुलातर्फ २ महामन्त्री निर्वाचित हुने व्यवस्था छ। मतगणना जारी छ।

Related Post