४६२ किमि रेन्ज दिने चांगन नेभो क्यू०५ धनगढीमा सार्वजनिक हुँदै

11 October, 2026 78 Views
४६२ किमि रेन्ज दिने चांगन नेभो क्यू०५ धनगढीमा सार्वजनिक हुँदै
78

एमएडब्लू वृद्धि अटोकर्प प्रा. लि. अन्तर्गत चांगनको आधिकारिक डिलर ग्लोबल प्रा. लि. ले कैलालीको धनगढी–१३, राजपुरमा नयाँ सोरूम सञ्चालनमा ल्याउने भएको छ। सोही अवसरमा कम्पनीले बहुप्रतीक्षित विद्युतीय एसयूभी चांगन नेभो क्यू०५ पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

२६ असोजमा बिहान सोरूम उद्घाटन गरिनेछ भने साँझ गाडीको औपचारिक सार्वजनिक कार्यक्रम हुनेछ। ग्राहकले २६ देखि २९ असोजसम्म धनगढीस्थित दिपल सोरूममा आयोजना हुने टेस्ट ड्राइभ क्याम्पमा सहभागी भएर गाडी चलाउने अनुभव लिन सक्नेछन्।

नेभो क्यू०५ मा ५१.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १२० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एनइडीसी परीक्षण मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

गाडीमा १६२ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा छ। उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

२ हजार ७३५ मिलिमिटरको ह्विलबेस र ५४० लिटरको बुट स्पेस रहेको नेभो क्यू०५ मा आरामदायी केबिन, आधुनिक डिजाइन र दैनिक प्रयोगलाई उपयोगी हुने सुविधाहरू समावेश छन्।

धनगढीमा नयाँ सोरूम सञ्चालन र नेभो क्यू०५ को सार्वजनिकसँगै सुदूरपश्चिमका ग्राहकले चांगनका विद्युतीय सवारीसाधन खरिद, टेस्ट ड्राइभ तथा बिक्रीपछिका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

Related Post